कोशी प्रदेशमा मन्त्रालय थपिँदैन : मुख्यमन्त्री कार्की
आइतबार, ०९ भदौ २०८१, १७ : ४२
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय नबढाउने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकार विस्तार गर्दा कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका हुन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि कांग्रेसका नेताहरूसँग मन्त्रालय नफुटाउने कुराकानी भएको बताए । उनले भने, ‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिन्छ ।’
मुख्यमन्त्री कार्कीले एक दुई दिनभित्रैमा मन्त्रिपरिषद् बिस्तार हुने जानकारी दिए । कांग्रेसले नाम दिने बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण