कोशी प्रदेशमा मन्त्रालय थपिँदैन : मुख्यमन्त्री कार्की
आइतबार, ०९ भदौ २०८१, १७ : ४२
_cFM6DYwjHY.jpg)
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय नबढाउने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकार विस्तार गर्दा कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका हुन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि कांग्रेसका नेताहरूसँग मन्त्रालय नफुटाउने कुराकानी भएको बताए । उनले भने, ‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिन्छ ।’
मुख्यमन्त्री कार्कीले एक दुई दिनभित्रैमा मन्त्रिपरिषद् बिस्तार हुने जानकारी दिए । कांग्रेसले नाम दिने बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
-
सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन
-
गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान
-
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ