फिल्म ‘हन्टर’ निर्माणको घोषणा, मुख्य भूमिकामा अरुण
सोमबार, १० भदौ २०८१, १३ : १६
काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले फिल्मको मुख्य भूमिकामा अभिनेता अरुण क्षेत्रीलाई राख्दै निर्माण घोषणा गरेको हो ।
जीवन सिंहको निर्देशन रहने फिल्ममा अरुण क्षेत्री बाहेकका कलाकार छनोटका क्रममा छन् । जीवनले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । फिल्म एक्सन इन्टरटेनमेन्ट हुने निर्देशक सिंहले बताए ।
अरुणले भने ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’ लगायत फिल्म काम गरिसकेका छन् । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्ने छ । फिल्म निर्माणमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण