नेकपा एकीकृत समाजवादीले पदाधिकारीलाई पूर्णता दिने, कार्ययोजना बनाउने
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ ।
आइतवारदेखि सुरु भएको बैठक भोलिसम्म चल्ने नेता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
उनले बैठकले पदाधिकारी, स्थायी कमिटिका सदस्यहरु र पोलिटब्यूरो सदस्यहरु चयन गर्दै केही कार्ययोजना पनि बनाउने बताए ।
उनले भने, ‘बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोका सदस्यहरु चयन गर्ने काम हुने । केही कार्ययोजना पनि बनाउँछौ । सोही कार्ययोजना अनुसार अगाडि बढ्ने छौं । पद व्यवस्थापनका विषयहरुमा निर्णय गर्छौ र प्रत्येक केन्द्रीय सदस्यले आगामी दिनमा के कस्ता जिम्मेवारी पाउने छन् भन्ने कुराको पनि निर्णय गर्ने छौँ ।’
पार्टीको सदस्यता बढाउने कुरा पहिलो प्राथमिकतामा पर्ने पनि उनको भनाइ छ ।
बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण