नेकपा एकीकृत समाजवादीले पदाधिकारीलाई पूर्णता दिने, कार्ययोजना बनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ ।
आइतवारदेखि सुरु भएको बैठक भोलिसम्म चल्ने नेता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
उनले बैठकले पदाधिकारी, स्थायी कमिटिका सदस्यहरु र पोलिटब्यूरो सदस्यहरु चयन गर्दै केही कार्ययोजना पनि बनाउने बताए ।
उनले भने, ‘बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोका सदस्यहरु चयन गर्ने काम हुने । केही कार्ययोजना पनि बनाउँछौ । सोही कार्ययोजना अनुसार अगाडि बढ्ने छौं । पद व्यवस्थापनका विषयहरुमा निर्णय गर्छौ र प्रत्येक केन्द्रीय सदस्यले आगामी दिनमा के कस्ता जिम्मेवारी पाउने छन् भन्ने कुराको पनि निर्णय गर्ने छौँ ।’
पार्टीको सदस्यता बढाउने कुरा पहिलो प्राथमिकतामा पर्ने पनि उनको भनाइ छ ।
बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ