नेपालमा पहिलोपटक १० किलोमिटर रात्रिकालीन दौड हुने
काठमाडौँ । धारा नेपालगन्ज म्याराथनको १०औँ संस्करणअघि नेपालमै पहिलोपटक नेपालगन्जमा १० किलोमिटर नाइट रन (रात्रिकालीन दौड) आयोजना हुने भएको छ । नेपालगन्ज रात्रिकालीन दौड संविधान दिवसको दिन असोज ३ गते बिहीबार राती हुनेछ ।
नेपालगन्ज म्याराथनको आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले धारा नेपालगन्ज म्याराथनको १०औँ संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० स्पर्धासँगै रात्रिकालीन दौड पनि आयोजना गर्न लागेको जनाएको छ । धारा नेपालगन्ज म्याराथनको १०औँ संस्करण भने आगामी मंसिर २२ मंसिर शनिबार हुनेछ ।
रात्रिकालीन दौड राति ९ बजे स्थानीय बीपी चोकबाट सुरु हुने आयोजकले जनाएको छ । एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट प्रमाणीकरण रुटमा रात्रिकालीन दौड सञ्चालन गरिने बताइएको छ ।
पहिलोपटक आयोजना हुन लागेकाले रात्रिकालीन दौडमा व्यावसायिक र कम्तीमा पाँच किलोमिटर दौडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ । उक्त दौडमा पुरुष, महिला र भेट्रानतर्फको स्पर्धा समावेश गरिएको छ ।
अन्य सहभागीलाई भने फन रनका रूपमा सहभागी गराइने छ । पुरुष र महिलातर्फका शीर्ष तीन खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
भेट्रानतर्फ पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुने खेलाडीलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । रात्रिकालीन दौडका लागि नाम दर्ता गराउन भदौ १५ देखि २० गतेसम्मको समय निर्धारण गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण