काठमाडौँ । नेपालमा उत्पादित अर्थोडक्स चियाको बजारीकरण र स्वच्छ प्रतिस्पर्धाका लागि काठमाडौँ चिया प्रतिस्पर्धा अर्थात् ‘नेपाल टी च्यालेञ्ज २०२४’ आयोजना भइरहेको छ । काठमाडौँ ठमेलको छाया कम्लेक्समा भदौ ११ गते उक्त प्रतिस्पर्धा भइरहेको हो ।
_DCWkv30Few.jpg)
चिया उद्यम क्षेत्रमा क्रियाशील युवाहरूको संस्था टी–स्टेसन इन्कको आयोजनामा भइरहेको प्रतिस्पर्धामा देशभरका चिया उत्पादक कम्पनी एवम् कारखानाहरूले भाग लिएका छन् । च्यालेन्जमा कृषि मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सहकार्य गरेको छ ।
_Lh94ZzdFpD.jpg)
प्रतिस्पर्धामा मुख्यगरी दुईवटा विधा निर्धारण गरिएको छ। साधारण अर्थोडक्स चिया र विशिष्ट अर्थोडक्स चिया रहने छन्। यी दुई विधाका चारवटा चियाका प्रकारमा वाइट टी, ग्रीन टी, ब्ल्याक टी र ओलङ टी बिच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।
_OJy8b0sdzx.jpg)
प्रतिस्पर्धामा सामेल सबै चियालाई विभिन्न देशबाट निमन्त्रणा गरिएका निर्णायकको मण्डलबाट स्वाद परीक्षण गरेर मूल्याङ्कन गरिने आयोजकले जनाएका छन् । निर्णायक मण्डलबाट एकजना निर्णायकलाई दुवै विधाका चार प्रकारका चियामध्ये कुनै एक प्रकारको चियाको मूल्याङ्कन गर्न दिइएको छ ।'
_IS0h6IzCtj.jpg)
तोकिएका सबै विधाका विजेता एवं उपविजेतालाई आधिकारिक निकायका अधिकारीले स्वीकृत गरेको प्रमाणपत्र र पुरस्कार उपलब्ध गराइने आयोजकले जनाएको छ। विजेता हुने चियालाई अक्सनको लागि राखिने छ।
_Fbl8HgCkRG.jpg)
नेपाली चियाको आन्तरिक बजार तथा प्रतिव्यक्ति उपभोग वार्षिक ११ प्रतिशतले वृद्धि भइरहेको देखिन्छ। मार्केट रिसर्ज डटकमको सर्भेअनुसार सन् २०२५ सम्ममा नेपालमा चिया उपभोगको वार्षिक दर ५ देखि ८ प्रतिशतले ओरालो लाग्ने तथ्य बाहिर आएको छ। टी च्यालेन्जको आयोजकका रूपमा कम्पनीका १४ जना युवा उद्यमी क्रियाशील छन् ।
_0hfzozBKhw.jpg)
_N7530zniuY.jpg)
_FJUl3Jcp71.jpg)
_calsjbMZOM.jpg)
_G60bNX3g2k.jpg)
_L1GhR6W9Yz.jpg)
_YoqeT3WymB.jpg)
_gnFzjrH3y7.jpg)
_DcSTXmG6Kp.jpg)
_hyQEa7zU00.jpg)
_pIJvQO75rJ.jpg)
_1cfirfXJgC.jpg)
_37ymeEAXMz.jpg)
_BrhvEtSWuu.jpg)
_2ezXMKOhhH.jpg)
प्रतिक्रिया