मिलेन सभापति र महामन्त्रीद्वयको कुरा, सारियो कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौँ । नेपाली कांग्रेसमा महामन्त्रीद्वयको प्रतिवेदनले निम्त्याएको विवाद थप बढेको छ । विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले आज बिहान ११ बजे महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका थिए । तर, प्रतिवेदन उपर कुरा नमिलेपछि केन्द्रीय समिति बैठकको मिति नै परिवर्तन गरिएको छ ।
बुढानीलकण्ठमा महामन्त्रीद्वय प्रतिवेदन परिमार्जन गर्न तयार नभएपछि भदौ १२ गतेका लागि बोलाइएको केन्द्रीय समिति सार्ने सहमति भएको एक पदाधिकारीले जानकारी दिए ।
उक्त सहमति पश्चात् भदौ १२ गतेका लागि बोलाइएको बैठक भदौ १६ गते दिउँसो २ बजे सम्मका लागि स्थगन गरिएको छ ।
‘प्रतिवेदन परिमार्जन गर्न सभापतिज्यूले भन्नुभयो । महामन्त्रीद्वयले आफ्नो रायसहित प्रतिवेदन परिमार्जन गर्न नसकिने बताउनुभयो,’ ती पदाधिकारीले भने, ‘सदन बैठक भएकाले धेरै कुरा भएन । त्यसमाथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बोल्ने भनेपछि हतारमा संसद् आउनुपर्यो ।’
कांग्रेसमा साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेको एक्जिट पोलिसी सहितको प्रतिवेदन र कांग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भनेर महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनमा विवाद छ ।
संस्थापन पक्ष यसलाई कुनै पनि हालतमा संशोधन गराउनुपर्ने अडानमा छ । तर, महामन्त्री पक्षधरहरू पास गराउनुपर्ने पक्षमा छन् ।
सोही विवादका कारण नेपाली कांग्रेसको बैठक साउन २३ देखि २८ सम्म बसेर स्थगन भयो । त्यसपश्चात् सहमति गरेर भदौ ७ मा बैठक बस्ने भनिएपनि सहमति बेगर नै बैठक बस्यो । उक्त बैठकमा पनि विवाद भएपछि भदौ १२ गतेका लागि सहमति खोजेर बैठक राख्ने भन्दै स्थगन गरियो । तर, सभापति र महामन्त्रीद्वय बिच सहमति नभएपछि पुनः बैठक सार्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न
-
१२ बजे, १२ समाचार : वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाइदेखि एनपिएलमा भारतीय गिरोहको सट्टेबाजीसम्म
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान
-
आइटिएफ टेनिस : नेपालका आरभ र सुनिरा सेमिफाइनलमा
-
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा छ : मन्त्री भट्टराई
-
भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’