विद्युत् व्यापारको पहिलो सम्भावना भारत नै हो: वर्षमान पुन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले विद्युत् व्यापारको पहिलो सम्भावना भारत रहेको बताएका छन् । मंगलबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्वऊर्जामन्त्रीहरुसँगको छलफलका क्रममा पुनले भारतपछि दोस्रो सम्भावना बंगलादेश रहेको र सोहीअनुसार सरकारले आफ्ना योजनाहरू अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले बंगलादेशमा विद्युत् निर्यातका लागि अबको भूराजनीतिक अवस्थाले पनि प्रभाव पार्ने बताए । उनले वर्तमान सरकारले भारतलाई हेर्ने दृष्टिकोणका आधारमा नेपालले पनि आवश्यक कदम चाल्नुपर्ने जिकिर गरे ।
उनले भने, ‘विद्युत् व्यापारको सम्भावना भारत नै हो । त्यसपछि दोस्रो सम्भावना भनेको बंगलादेश नै हो । बंगलादेश असाध्यै सम्भावना थियो । तर अबको भूराजनीतिक स्थिति के हुन्छ थाहा छैन । पहिला भारतसँग सहकार्य राम्रो गरेको सरकार थियो र राम्रै थियो । अब त्यति सजिलो हुन्छ की हुँदैन थाहा छैन । हामीले त्यो पनि हेर्नुपर्छ । किनभने हाम्रो इच्छाले जरुरी छ भनेर लगिहाल्ने होइन । जसरी सजिलै उहाँहरूले हाम्रो ट्रान्समिसन प्रयोग गर्न दिने, निर्यात गर्न दिने हुन्छ की हुँदैन । चीनतिरको धेरै जरुरी देखिँदैन । तिब्बत क्षेत्रमा लैजान सक्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण