सांसदहरू हाजिर गर्ने टाप कस्ने‚ नियमन कसले गर्ने ? (तस्बिरहरू)
काठमाडौँ । जनताको मतबाट निर्वाचित सांसदको मुख्य काम नै सदन र संसदीय समितिको निरन्तर उपस्थित हुने तथा जनचाहना र आवश्यकता अनुसार भूमिका निर्वाह गर्ने हो ।
सांसद जनता र सरकारबिचको पुल हुन् । उनीहरूको उत्तरदायित्व पनि सदन र जनताप्रति हुन्छ । हरेक जनतासँग जोडिने विषयमा आवाज उठाउने भूमिकामा सांसदहरू हुन्छन् ।
तर‚ सांसदहरू आफ्नो जिम्मेवारी र भूमिका बिर्सिन्छन् । उनीहरू किन निर्वाचित भएका हुन् त्यसलाई ख्यालै नगरी गतिविधि गर्छन् । सदन जान्छन् हाजिर गर्छन् र टाप कस्छन् । अर्थात् ‘हाटा’ गर्छन् । सांसदहरूको यस्तो हर्कतको आलोचना हुँदै आएको छ ।
सांसदहरूको यही प्रवृत्ति मंगलवारको प्रतिनिधिसभा बैठकमा पनि देखियो । बैठकको विशेष समयमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोल्दा प्राय: सांसद बैठकमै थिए । तर‚ जब प्रचण्डको मन्तव्य सकियो अनि सबै सांसद बैठक छाडेर हिँडे ।
प्रचण्ड हिँडेपछि अन्य सांसदहरूले बोलेको कुरा सुन्ने कुर्सी बढी सांसद औलामै गन्न सकिने मात्र बाँकी थिए ।
तस्बिरहरू :




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण