एकीकृत समाजवादीको मतदान जारी, तस्बिरहरु
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि मतदान सुरु भएको छ । मंगलबार साँझ साढे ५ बजेदेखि मतदान जारी रहेको निर्वाचन समितिले जनाएको हो ।
एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भइरहेको छ । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत भएका छन् ।
यसअघि दशौँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन ।
जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भएपनि त्यो सम्भव नभएपछि निर्वाचन भएको हो ।
जसअनुसार एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा नेतृहरू रामकुमारी झाँक्री र जयन्ती देवी राईबिच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी उपाध्यक्ष (मधेसी समुदाय) मा धर्मनाथ प्रसाद साह र रामचन्द्र झाको उम्मेदवारी रहँदा खुला उपाध्यक्ष पदमा ११ जनाबिच प्रतिस्पर्धा हुँदै छ । खुला उपाध्यक्ष पदमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, साध्यबहादुर भण्डारीलगायतको उम्मेदवारी छ ।
यसैगरी उपमहासचिव पदमा मेटमणि चौधरीसहित लक्ष्मण केसी, राजेन्द्र कुमार राई, जीवनराम श्रेष्ठ, गोमा विष्ट लगायतको प्रतिस्पर्धा भइहरेको छ । यस्तै सचिव पदमा ४१ जनाबिच प्रतिस्पर्धा हुँदैछ ।
यसैगरी पोलिटब्युरो सदस्यमा २०२ जनाबिच प्रतिस्पर्धा भइरहेको छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण