माओवादी कांग्रेस र एमाले भन्दा फरक हो भन्ने पुष्टि गरेका छौँ : सांसद पुन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आफ्नो पार्टी नेपाली कांग्रेस र नेकपा एमाले भन्दा फरक रहेको पुष्टि भएको बताएका छन् । मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद पुनले कांग्रेस र एमाले भन्दा माओवादी पार्टी फरक रहेछ भन्नेकुरा जनताले बुझेको पनि बताए । उनले सरकार सुरुमा माफियाबाट परिचालित हो भनेर आरोप लगाउँदा अलि बढी बोलेको जस्तो लागेको भएपनि सरकार बनेको ४० दिनमा प्रमाणित भइरहेको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देश हित विपरीत कसैसँग पनि सम्झौता नगरेको दाबी गरे ।
उनले भने, ‘ कांग्रेस र एमाले भन्दा माओवादी फरक रहेछ भन्ने प्रमाणित गरेका छौँ । प्रचण्डको नेतृत्वको सरकारले कसैसँग अब सम्झौता गर्न सकिन्न भनेर लाग्नुभयो । देश र जनताको लागि सरकार सञ्चालन गर्नुभयो । यो बिचमा निकै ठुलो बनिसके छ बिचौलिया वर्ग ।’
सांसद पुनले अध्यक्ष प्रचण्डले देश र जनताको लागि सरकार सञ्चालन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण