बेलायतमा केसी र खनालविरुद्ध नाराबाजी
काठमाडौँ । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि एनआरएनएका अध्यक्षको भूमिकामा कामकाज गर्दै आएका डा बद्री केसी र लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनाल सहभागी एक कार्यक्रममा नाराबाजी भएको छ ।
अल्डरसटमा आयोजित एक कार्यक्रममा एनआरएनए यूकेका प्रेम गाहा मगर समर्थकले डा बद्री केसी र रोशन खनालविरुद्ध नाराबाजी गरेका हुन् ।
बेलायतका लागि समावेशी राजदूत चाहियो, बद्री केसी आइएलओमा भ्रष्टाचार गरेको पैसा फिर्ता गर, पूर्वाग्रही उपनियोग प्रमुख रोशन खनाल राजीनामा देऊ आदि लेखिएका प्लेकार्ड बोकेर सो समूहले नाराबाजी गरेको एक नेपालीले जानकारी दिए ।
ती नेपालीका अनुसार युवाहरूको होहल्लाका कारण डा बद्री केसी र लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालहरूको कार्यक्रम केहीबेर प्रभावित बनेको थियो ।
गत १५ अगस्टका दिन गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणमा बेलायत पुगेका गुल्मी रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी, कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा तथा गुल्मी दरबार गाउँपालिका प्रमुख सरोजकुमार थापा र उपप्रमुख तारा थापा ढेंगासंगै दूतावास जान खोज्दा प्रेम गाहा मगरलाई दूतावासमा प्रवेश नदिइएको भन्दै युवाहरू आक्रोशित भएका श्रोतले बतायो ।
यस्तै केसी आइएलओको पैसा हिनामिनामा मुछिएको दाबी गर्दै नाराबाजीहरू गर्नेहरुले उनीमाथि कारबाहीको माग गरेका थिए । यस्तै भेदभाव र पूर्वाग्रह व्यवहार गरेको भन्दै खनालविरुद्ध पनि सो समूहले नाराबाजी गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण