हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भइरहेको छ : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भइरहेको बताएका छन् ।
संसद्को बुधबारको बैठकमा बोल्दै उनले मन्त्रालय अन्त्रगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने गराउने कार्य भइरहेको बताए ।
‘झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रूपमा निगरानी भईरहेको छ,’ उनले भने ।
सांसद तोसिमा कार्कीले दर्ता गराएका हैजा महामारीका कारण निम्तन सक्ने स्वास्थ्य संकटका लागि पूर्वानुमान नियन्त्रण र द्रुत कार्यलाई प्रभावकारी बनाउनुपर्ने सम्बन्धको ध्यानाकर्षण प्रस्तावमाथि स्पष्टीकरण दिँदै मन्त्री पौडेलले हाल देशैभर ६८ जनामा संक्रमण देखिएकामा हाल ४ जना मात्र बिरामी रहेको र उनीहरू पनि उपचाररत रहेको उल्लेख गरे ।
मन्त्री पौडेलले डेंगु तथा हैजासम्बन्धी परीक्षणका लागि आवश्यक किट सातै प्रदेशमा मौज्दात रहेको र कतै महामारी फैलिएमा आवश्यक कार्यका लागि हटलाइन नम्बर १११५ को व्यवस्थासहित सूचना प्रणालीसमेत प्रभावकारी बनाइएको जानकारी दिए ।
महामारी नियन्त्रणमा खानेपानी मन्त्रालयसँग समेत समन्वय भइरहेको भन्दै उनले जोखिम हुने ठाउँमा बिरामी देखिएका स्थानहरूमा खानेपानीको नमुना जाँच कार्य भइरहेको र आवश्यक ठाउँमा भ्याक्सिन चाहिएमा आवश्यक तयारी गरिएको मन्त्री पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण