त्रियुगा नदीमा डुबेर एक युवकको मृत्यु
बुधबार, १२ भदौ २०८१, २२ : ३५
राजविराज । सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार सप्तकोशी नगरपालिका–२, पसार्हा निवासी रामकुमार राजधामीका २२ वर्षीय छोरा रोहनको नदीमा डुबेर मृत्यु भएको हो ।
स्थानीयवासीसँगै सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित त्रियुगा नदीको हेडबाँधमा मूर्ति सेलाउन गएका रोहन पानीमा डुबेकामा स्थानीयले उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए ।
उपचारको क्रममा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण