शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तस्बिरमा हेर्नुहोस् पेरिस पारा ओलम्पिकको भव्य उद्घाटन
पारा ओलम्पिक

तस्बिरमा हेर्नुहोस् पेरिस पारा ओलम्पिकको भव्य उद्घाटन

५४९ स्वर्णका लागि खेलाडीबिच घम्साघम्सी
बिहीबार, १३ भदौ २०८१

पेरिस । फरक क्षमताका खेलाडीहरूको लागि आयोजित पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा सुरु भएको छ । बुधबार राति आयोजित एक भव्य समारोहबिच प्रतियोगिताको उद्घाटन गरियो ।

1

पारा ओलम्पिकको इतिहासमा पहिलो पटक पेरिसस्थित ‘प्लेस डी ला कनकर्ड’ स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरियो । प्रतियोगिताका अन्य कार्यक्रम र खेलाडीको मार्चपास्ट भने रङ्गशालामै भएको थियो ।

2

प्रतियोगिताको उद्घाटन समारोहमा विश्वभरका ६५ हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी र विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । फ्रान्सले गृष्मकालीन पारा ओलम्पिक आयोजना गरेको यो पहिलो पटक हो ।

3

११ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरू भने बिहीबारदेखि सुरु हुनेछ । पारा ओलम्पिकको १७औँ संस्करणमा एक सय ६८ राष्ट्रका खेलाडीहरूले सहभागिता जनाउँदै छन् । यसपटक पारा ओलम्पिकमा शरणार्थी र तटस्थ खेलाडीहरूको एक–एक टोलीले पनि सहभागी छन् ।

4

प्रतियोगितामा विभिन्न २२ वटा खेलका पाँच सय ४९ स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा पाँच सय ४९ स्वर्ण पदकका लागि खेलाडीहरूबिच भिडन्त हुनेछ । ‘पारा ओलम्पिकको यो संस्करणले उद्घाटन समारोहसँगै विभिन्न विषयमा इतिहास रचेको छ,’ उद्घाटन समारोहमा पेरिस पारा ओलम्पिक आयोजक समितिका अध्यक्ष टोनी स्टानग्वेटले भने ।

5

अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले प्रत्येक चार वर्षमा गृष्मकालीन पारा ओलम्पिक आयोजना गर्दै आएको छ । गृष्मकालीन ओलम्पिक खेलकुद सकिए लगत्तै सोही सहरमा पारा ओलम्पिक आयोजना गर्ने परम्परा रहँदै आएको छ ।

6

पारा ओलम्पिकको यो संस्करणमा नेपालका तीनजना खेलाडीले सहभागिता जनाउँदै छन् । गृष्मकालीन पारा ओलम्पिकमा नेपालको यो छैटौँ सहभागिता हो । पेरिस पारा ओलम्पिकमा नेपालबाट तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र भरतसिंह महता तथा पौडी खेलाडी भीमबहादुर कुमारलले सहभागिता जनाउँदै छन् ।

7

ओलम्पिकमा पलेशाको यो दोस्रो सहभागिता हो । बाँकी दुई खेलाडीले भने पहिलो पटक ओलम्पिक खेल्न लागेका हुन् । यस पटक नेपाली खेलाडी पलेशाले छनोट चरण पार गर्दै आफ्नो बलियो उपस्थिति दर्ता गराएकी हुन् । उनीबाट पदकको आशा पनि गरिएको छ । 

891011121314151617

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया