‘जेरी: अन टप’सँग जोडिए साईग्रेस
बिहीबार, १३ भदौ २०८१, १५ : २६

काठमाडौंँ । कथा वाचकको रूपमा चर्चित साईग्रेस पोखरेल फिल्म ‘जेरी: अन टप’मा जोडिएका छन् । फिल्मको कथा बलियो बनाउने उद्देश्यले निर्माण टिमले उनलाई फिल्ममा जोडेको हो ।
फिल्मका निर्माता सरोज न्यौपानेले साईग्रेसले अब फिल्मको कथालाई अझै मजबुत बनाउने बताए । उनले भने–‘उहाँले अब हाम्रो स्क्रिप्टलाई अझै परिमार्जित र मजबुत बनाउनुहुनेछ । उहाँलाई स्क्रिप्ट डाक्टर त भनिहाल्न मिल्दैन । तर, उहाँ जस्तो व्यक्तिले हाम्रो स्क्रिप्टमा आफ्नो क्रिएशन थप्दा अझै उत्कृष्ट हुनेछ भन्ने विश्वासमा छौँ ।’
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्मको छायाङ्कन असोजबाट सुरु हुनेछ । फिल्मलाई काठमाडौँ, लुक्ला लगायतका स्थानमा खिचिनेछ ।
अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहने फिल्मलाई फागुनको २ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई