‘जेरी: अन टप’सँग जोडिए साईग्रेस
बिहीबार, १३ भदौ २०८१, १५ : २६
काठमाडौंँ । कथा वाचकको रूपमा चर्चित साईग्रेस पोखरेल फिल्म ‘जेरी: अन टप’मा जोडिएका छन् । फिल्मको कथा बलियो बनाउने उद्देश्यले निर्माण टिमले उनलाई फिल्ममा जोडेको हो ।
फिल्मका निर्माता सरोज न्यौपानेले साईग्रेसले अब फिल्मको कथालाई अझै मजबुत बनाउने बताए । उनले भने–‘उहाँले अब हाम्रो स्क्रिप्टलाई अझै परिमार्जित र मजबुत बनाउनुहुनेछ । उहाँलाई स्क्रिप्ट डाक्टर त भनिहाल्न मिल्दैन । तर, उहाँ जस्तो व्यक्तिले हाम्रो स्क्रिप्टमा आफ्नो क्रिएशन थप्दा अझै उत्कृष्ट हुनेछ भन्ने विश्वासमा छौँ ।’
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्मको छायाङ्कन असोजबाट सुरु हुनेछ । फिल्मलाई काठमाडौँ, लुक्ला लगायतका स्थानमा खिचिनेछ ।
अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहने फिल्मलाई फागुनको २ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण