राजनीति
एकीकृत समाजवादीको ६ बुँदे प्रस्ताव : वाम एकताको पक्षमा सधैँ दृढतापूर्वक रहने
बिहीबार, १३ भदौ २०८१, १७ : ३९
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विचार, सिद्धान्त, राजनीति तथा सङ्गठनका सबै विषयमा खुल्ला छलफलद्वारा सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिस्ट पार्टीहरूकाबिच एकता हुने बताएको छ ।
जारी केन्द्रीय समिति बैठकमा पेस गरेको ६ बुँदे तात्कालिक प्रस्तावमार्फत एकीकृत समाजवादी वाम एकताको पक्षमा सधैँ दृढतापूर्वक रहँदै आएको बताएको हो ।
‘त्यसैले कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी एकताबारे चलेका हलुका प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह गर्दछौँ’, सो पार्टीको प्रस्तावमा भनिएको छ ।
साथै साना दलको अस्तित्वमाथि आघात पुर्याउने संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने तथा समावेशी लोकतन्त्रको मूल मर्म माथि प्रहार गर्ने कुचेष्टाले संविधान संशोधन गर्ने प्रतिगामी चिन्तनहरू प्रकट हुन थालेको सो पार्टीको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण