राष्ट्रिय सभा बैठक : ‘सरकारलाई काम गर्न दिनुपर्छ’
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय सहमतिमा बनेको वर्तमान सरकारलाई काम गर्न दिनुपर्ने बताएकी छिन् ।
“सरकारलाई काम गर्न दिनुपर्छ । सरकार गठन भएको धेरै भएको छैन, निराशा हटाउँदै आशा जगाउने काम हुँदै गएको छ । कहीँ कतै काम बिगारे खबरदारी गर्नुपर्छ”, उनले भनिन् । सांसद दाहालले वर्तमान सरकारले तत्कालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्नुपर्ने बताइन् ।
सांसद जगप्रसाद शर्माले छुवाछूतको अन्त्य अझै पनि हुन नसकेकामा चिन्ता प्रकट गरे । उनले भने, “केही उपलब्धि भएका छन् । समाजवादी धाराबाट दलित मुक्ति आन्दोलनलाई नयाँ ठाउँमा पुर्याउन सकिन्छ । संविधानमा भएको व्यवस्था कार्यान्वयन हुन सकेको छैन । समावेशिता कायम गर्ने काममा पनि आत्मसात् गरेको देखिँदैन । अहिलेको मन्त्रिमण्डल होस् वा राजदूत सिफारिस संविधान अनुकूल हुन सकेको छैन ।”
सांसद कमला पन्तले युवा खुसीका साथ नेपालमा बसेर कामकाज गर्न सक्ने वातावरण बनाउनुपर्ने बताइन् । युवा जनशक्तिलाई राम्रो योजना बनाएर काममा लगायौँ भने मुलुकको समृद्धि सम्भव हुने उल्लेख गर्दै उनले भनिन्, “हामीले आशा पनि जगाउन सकेनौँ, भरोसा पनि दिन सकेनौँ ।” सांसद पन्तले यस विषयमा सरकारले संवेदनशील भएर सोचेको छ भन्ने प्रश्न गर्दै युवाको जोस र जाँगर मुलुकको समृद्धिका लागि प्रयोग गर्नुपर्ने बताइन् ।
सांसद गोमादेवी तिमिल्सिनाले कुन ठाउँ बसोबासका लागि उपयुक्त छ भनेर परीक्षण गर्नुपर्ने बताइन् । उनले सुरक्षित बस्ती निर्माणका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिइन् ।
सांसद तिमिल्सिनाले दैनिकजसो सवारीसाधन दुर्घटनामा वृद्धि भएको तथ्याङ्क पेस गर्दै लामा दूरीका सवारी साधनमा दुई चालक राख्नैपर्ने बताइन् ।
विशेष समयममा सांसदहरु पूजा चौधरी, डा अन्जान शाक्य, गङ्गाकुमारी बेलवासे र पदमबहादुर परियारले आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण