तामाकोशीको सेयर बाँडफाँटमा अन्याय भएको भन्दै ऊर्जामन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले ऊर्जामन्त्री दीपक खड्कालाई ज्ञापनपत्र बुझाएका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर बाँडफाँटमा दोलाखाबासीलाई अन्याय भएको भन्दै शिवाकोटीले बिहीबार ज्ञापनपत्र बुझाएका हुन् ।
‘दोलखाका जलविद्युत् आयोजना दोलखाबासीका लागि सुनको अण्डा पार्ने कुखुरी भनेर प्रचार गरिए पनि माथिल्लो तामाकोशीको सेयर बाँडफाँटमा त्यस्तो हुन सकेन । दोलखाका स्थानीयले सर्वसाधारण सेयरहोल्डरले भन्दा कम सेयर पाएको यहाँलाई स्मरण गराउँछौँ,’ ज्ञापनपत्रमा भनिएको छ ।
विद्युत् खरिद सम्झौता पीपीए गर्दा माथिल्लो तामाकोशी घाटामा गएको पनि शिवाकोटीले जनाएका छन् । उनले भनेका छन्, ‘सबै आयोजनामा हिउँद र बर्खामा अलग अलग दररेट राख्दै आएको प्राधिकरणले माथिल्लो तामाकोशीसँग एकै दररेट राखी आयोजनालाई घाटामा पारी प्राधिकरणलाई मात्र लाभान्वित गरेको छ ।’
२०७८ असारदेखि आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो । आयोजना अधिकारीहरूको व्यवस्थापकीय कमजोरीका कारण पनि समस्या सिर्जना भएको शिवाकोटीले मन्त्री खड्कालाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रभावित स्थानीयले आयोजनामा लगानी गरेको सेयर ३ वर्षसम्म बेचबिखन गर्न नपाउने ‘लकिङ पिरियड’का कारण आर्थिक रुपमा लाभान्वित हुन नपाएको पत्रमा उल्लेख गरिएको छ । उनले अन्य सर्वसाधारण लगानीकर्ता सरह नै सेयर कारोबार गर्ने वातावरणका लागि तत्काल नीतिगत परिवर्तनको आवश्यकता देखिएको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण