मोहन मैनालीको 'मुकाम रणमैदान'लाई २०८० को मदन पुरस्कार
काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक मुकाम रणमैदानले पाउने भएको छ ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि चार लाख रुपैयाँ रहेको छ ।
यसअघि गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको थियो ।
छनोट भएका पुस्तकहरूमा मैनालीको मुकाम रणमैदानसहित भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, र रोशन थापा 'नीरव' को सन्त्रासका साठी दिन रहेका थिए ।
वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो।
यसगैरी जगदम्बाश्री २०८० बाट प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई सम्मान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
मदन पुरस्कार गुठीको आज बसेको साधारण सभा बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवज्यूलाई जगदम्बा-श्री २०८०, तथा रणमुकाम पुस्तकका लागि मोहन मैनालीज्यूलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको छ। pic.twitter.com/wttK9UMfZN
— Kunda Dixit कुन्द दीक्षित (@kundadixit) August 30, 2024
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण