रास्वपा प्रदेशमा पनि विवाद : सुदूरपश्चिम प्रदेशले सोध्यो महामन्त्री बाहुनलाई स्पष्टीकरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा केन्द्र पछि प्रदेशमा पनि विवाद देखिएको छ । केन्द्रीय महामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही भएपश्चात् प्रदेश कार्यसमितिमा पनि विवाद देखिएको हो ।
रास्वपा सुदूरपश्चिम प्रदेश कार्यसमितिमा लफडा देखिएको हो । प्रदेश कार्यसमितिले महामन्त्री पारस बाहुनलाई ७२ घण्टे स्पष्टीकरण सोधेको पत्र बाहिरिएको छ । भदौ १० को मितिमा जारी भएको पत्रमा प्रदेश सभापति प्रकाश विष्टले २१ बुँदे कारण देखाउँदै स्पष्टीकरण सोधेका हुन् ।
‘८ महिनाको समय अवधिमा करिब ४ महिना यता यहाँले प्रदेशको सङ्गठनप्रति चासो दिएको र सङ्गठनलाई सहयोग गरिएको देखिएन‚’ स्पष्टीकरण सोध्दै लेखिएको छ‚‘सहयोग गर्नुपर्ने ठाउँमा यहाँले केन्द्रको धाक, धम्की र घमन्ड देखाई प्रदेश नेतृत्वलाई विविध कुराहरूमा अटेर गरिएको हुँदा यहाँलाई निम्न विषयमा रही स्पष्टीकरण सोधिएको छ । साथै उक्त कुराको स्पष्ट जवाफ ७२ घण्टा (भदौ १३ गते दिउँसो १२ बजेसम्म) भित्र उपलब्ध गराउन हुन निर्देशन गरिन्छ ।’
यस्तो छ पत्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक: ५ लाख ३८ हजारले प्राप्त गरे एसीआईडी, १ लाख ४९ हजार प्रक्रियामा
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
-
प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बाख्रापालनले दिलाएको सम्मान र सन्तुष्टि
-
गण्डकीमा बजेट लेखनको अन्तिम तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण