रास्वपामा मुकुलपछि पारस बाहुन पनि बर्खास्त
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय महामन्त्री मुकुल ढकाल बर्खास्त भएलगत्तै सो पार्टीका सुदूरपश्चिम महामन्त्री पारस बाहुन पनि बर्खास्त भएका छन् । रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जानकारी गराएका हुन् । उनलाई बिहीबार पदमुक्त गरिएको हो ।
बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टले जानकारी दिए । ‘यहाँले पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई असहज : असफल बनाउने विविध क्रियाकलापहरू गर्नु भएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को (ट) बमोजिम यहाँलाई आजको मिति २०८१(०५( १३ गते बिहीबारका दिनदेखि प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरिएको ब्यहोरा जानकारी गराउँदछु‚’ विज्ञप्तिमा लेखिएको छ ।
कारबाही गर्नुअघि प्रदेश समितिले २१ बुँदे कारण देखाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । महामन्त्री बाहुनले पनि भदौ ११ गते नै २१ बुँदे जवाफ फर्काएका थिए ।

यस्तो छ बाहुनको जवाफ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण