पाँचथर विस्फोटको घटनापछि आयोगले भन्यो– दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति देऊ
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पाँचथरको फालेलुङ्ग गाउँपालिका– ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोटक पदार्थ विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनामा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको ज्यान जानुका साथै १० वर्षीय पवन राई र ७ वर्षीय दिपशन राईसमेत घाइते भएका थिए । यस घटनाको कोशी प्रदेश कार्यालयमार्फत अनुगमन गरिरहेको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले निर्दोष बालबालिकाको ज्यान जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै आयोगले घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र जथाभाबी छोडिएका यस्ता विस्फोटक पदार्थहरू निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन समेत सरकारलाई निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार पाँचथरमा भएको विस्फोट द्वन्द्वकालमा द्वन्द्वरत पक्षबाट जथाभाबी छाडिएका विस्फोटक पदार्थ हुनसक्ने आशङ्का गरिएको छ ।
‘विस्तृत शान्ति सम्झौता भएको अठार वर्ष पूरा हुन लाग्दा समेत न्यायको पर्खाइमा रहेका सशस्त्र द्वन्द्वकालका पीडितहरूले न्याय पाउन नसकेको र आयोगले पटक पटक यस प्रकारका विस्फोटक पदार्थ हटाउन र त्यसको प्रगति आयोगमा जानकारी गराउन सिफारिस समेत गरेको सन्दर्भमा विस्फोटको घटनाबाट बालबालिकाले ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना हुनु अत्यन्त दुःखद हो’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण