समाचार
नवलपरासीको त्रिवेणीमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु
शुक्रबार, १४ भदौ २०८१, १६ : ५४
काठमाडौँ । पूर्वी नवलपरासी (नवलपुर)को विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट घर भएका २८ वर्षीय मोहम्मद राजा छन् ।
घटनास्थलमा उद्धार गरेर अस्पताल लगेपछि उपचारको क्रममा उनीहरूको मृत्यु भएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले रातोपाटीलाई बताए ।
विनयी त्रिवेणी गाउँपालिका घर भएका प्रकाशसिंह क्षेत्रीको शव जिल्ला अस्पताल नवलपरासी पश्चिममा राखिएको छ । अन्य दुई जनाको शव भैरहवास्थित भीम अस्पतालमा रहेको प्रजिअ पोखरेलले जानकारी दिए ।
स्थानीय भोलासिंह क्षेत्रीको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा उनीहरू अचानक बेहोस भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण