साढे पाँच लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने सरकारी लक्ष्य
काठमाडौँ । सरकारले साढे पाँच लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा सरकारले साढे पाँच लाख मेट्रिक टन मल आयात गर्ने लक्ष्य राखेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा सरकारले आयात गर्ने रासायनिक मलमध्ये ८८ हजार ३३४ मेट्रिक टन मल आयात गरिसकेको छ ।
सरकारसँग हाल १ लाख १९ हजार ७११ मेट्रिक टन रासायनिक मल मौज्दात छ । ६९ हजार ४०४ मेट्रिक टन युरिया, ४२ हजार ६४४ मेट डीएपी र ७ हजार ६६३ मेट रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा ८७ हजार ७७३ मेट्रिक टन मल रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले २५ हजार मेट युरिया विशाखापटनमबाट नेपाल आयात गरिरहेको छ ।
यस्तै कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया विशाखापटनमबाट नेपाल आयात गरिरहेको छ । यस्तै, २५ हजार मेट्रिक टन डीएपी मल बाटोमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण