नेपाल विश्वविद्यालय विधेयक पारित
शुक्रबार, १४ भदौ २०८१, २१ : ३८
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफल गरी पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८० भदौ ६ गते दफावार छलफलको लागि समितिमा प्राप्त भएको थियो ।
समितिमा टुंगिन बाँकी दफाहरुमाथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले २०८१ असार १३ गते सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा सदस्यहरु दीपा शर्मा र डिगबहादुर लिम्बु सदस्य रहेको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदन माथि समितिमा छलफल गरी आज पारित गरेको हो । समितिबाट पारित उक्त विधेयक सभाको भदौ १८ गतेको बैठकमा पेस हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण