व्यापारिक क्षेत्रका विकृतिहरू अन्त्य गरिन्छ : उद्योगमन्त्री
काठमाडौँ । सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले व्यापारिक क्षेत्रमा देखिएका विकृतिहरू अन्त्य गरिने बताएका छन् । उनले अखाद्य वस्तुको विक्री वितरण, उपभोग्य सामग्रीहरूमा हुने मिसावट, बजारमा देखिने गरेको कृत्रिम अभाव, गुणस्तरहीन सामग्रीको बिक्री वितरण, महँगी र कालोबजारी रोक्ने बताएका हुन् ।
उपभोक्ता हित संरक्षण मञ्चद्वारा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले उपभोक्ता ठगी हुने अवस्थाको अन्त्य गर्नका लागि सरोकारवालाहरूसँग गहन छलफल गरी समस्या समाधान गर्ने बताए ।
उनले भने, ‘सबैभन्दा पहिला हामी व्यवसायीहरूसँगै छलफल र समन्वय गर्छौ, उनीहरूका धारणा बुझ्छौँ, त्यसपछि अरू सरोकारवालाहरूसँग बसेर समस्या समाधानको रणनीति तय गरी कार्यान्वयन गछौँ, त्यसपछि समेत समस्या समाधान नभएको अवस्थामा अनुगमन गरी कारबाहीका लागि अघि बढ्छौँ ।’
मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटेल तथा पसलहरूमा उपभोक्ताहरू ठगिने गरेको बताएका छन् । उनले यात्रुहरूलाई गुणस्तरहीन खाना खुवाउने, उपभोग्य सामग्रीहरू अत्यधिक महँगो मूल्यमा बिक्री वितरण गर्ने अवस्था हटाउनका लागि योजना तय गरेको बताए ।
यसका साथै मन्त्री भण्डारीले उपभोग्य सामग्रीहरूको सहज आपूर्ति र मूल्य समायोजनका विषयमा सरकार प्रतिबद्ध रहेको बताए । उनले दसैँ तिहार जस्ता राष्ट्रिय चाडपर्वको समयमा कुनै पनि उपभोग्य बस्तुको अभाव नहुने दाबी गरे ।
अहिलेको अवस्थामा आयातित वस्तुहरू र तरकारी समेत गुणस्तर मापन गर्ने प्रयोगशालाको अभाव रहेकोले यसको व्यवस्थापन गरिने बताए । हाल तरकारी र अन्य खाद्य वस्तुहरूको गुणस्तर जाँच गर्दा ल्याब बिग्रेको सुन्नमा आएकाले यसको व्यवस्थापन गरिने बताए ।
मन्त्री भण्डारीले बजार अनुगमनमा जाँदा व्यवसायीले पहिल्यै जानकारी पाउने प्रवृत्तिले गर्दा अनुगमन सार्थक हुन नसकेको बताए । बजार अनुगमनलाई व्यवस्थित बनाउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण