दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई धकेल्ने काम नहोस् : प्रचण्ड
सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर दुई गतेदेखि कर्णालीमा हुने भनिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा नै गर्न सरकारलाई आग्रह गरेका छन्।
पछिल्लो समय प्रदेश सरकार र केन्द्र सरकार प्रतियोगिता सार्ने तयारीमा रहेको रहेको आशङ्काबिच पूर्व प्रधानमन्त्री प्रचण्डले समयमा नै प्रतियोगिता गर्नुपर्ने बताएका हुन् ।
शनिबार बिहान वीरेन्द्रनगर स्थित निर्माणाधीन प्रदेश रङ्गशालाको निरीक्षण गर्दै उनले भने, 'दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकै आइपुगेको छ । कुनै पनि वाहानामा यसलाई धकेल्ने काम नहोस्।यसले युवाहरूको उत्साह र खेल क्षेत्रको विकासमा आघात पुग्दछ।'
रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुग्दै पुगेको छ । प्रदेश खेलकुद परिषद्का अनुसार असोज मसान्तसम्म रङ्गशालाको काम सम्पन्न भइसक्ने छ ।
अध्यक्ष प्रचण्डले कर्णालीमा यति ठुलो संरचना बनेकोप्रति प्रशंसा गर्दै यसले पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृद्धि विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
प्रचण्ड नेकपा माओवादीको प्रदेशस्तरीय परामर्श बैठकका लागि शुक्रबार सुर्खेत आइपुगेका हुन् । उक्त बैठक आज सम्पन्न हुँदै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
-
बालेन र सुदनसँग नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण