बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाऔँ : मन्त्री पाण्डेय
बुटवल। लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट परिषद्मा पेस भएको छ । आज बुद्ध जन्मस्थल लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकमा कार्यक्रम र बजेट पेस गरिएको हो ।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिक तर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षिय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषद्मा पेस गरेका छन् ।कोषका सदस्य सचिव सानु राजा शाक्यले दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रक्रिया अगाडि बढाउने, लुम्बिनी वर्ल्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रम सहितको नीति कार्यक्रम पेस गरेका छन् ।
परिषद्मा पेस भएका नीति कार्यक्रम र बजेटमाथि व्यापक छलफल गरी लुम्बिनीको प्रवर्द्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रूपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ । कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना देखिने गरी अर्को परिषद् बैठक मार्फत पारित गर्ने बताए ।
_CBvmY2U1Cr.jpg)
बैठकमा कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले आफू लुम्बिनी बनाउने दृढ सङ्कल्पका साथ जिम्मेवारी निर्वाह गरेको बताउँदै आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै कामहरू गर्न नसकिएको बताए । उनले आगामी दिनमा रचनात्मक कामका साथ बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
परिषद् बैठकपछि शनिवार दिउँसो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । पर्यटन मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका मन्त्री पाण्डेयले मायादेवी मन्दिर, मार्कर स्टोन, अशोक स्तम्भ, पुष्प करणी पोखरीसँगै शान्ति दीप, थाई विहार, जर्मन मन्दिरको समेत भ्रमण गरे । भ्रमणका क्रममा मन्त्री पाण्डेयले पुरातात्त्विक महत्त्व, धार्मिक पक्ष तथा सम्पदा संरक्षक विषयमा चासो राखेका थिए । उक्त अवसरमा उपाध्यक्ष डा। लामाले लुम्बिनीको पछिल्ला दिनमा भएका काम लगायतका विषयमा जानकारी गराए भने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बुद्ध जन्मस्थलका पुरातात्त्विक महत्त्व, लुम्बिनी गुरुयोजना लगायतका विषयमा जानकारी दिए ।
भ्रमणपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री पाण्डेले विश्वभरका मानवलाई सतमार्ग र सदाचारमा हिँडाउने गौतमबद्धको भूमिका टेक्न पाउँदा निकै उत्प्रेरित बनेको बताए । उनले बुद्ध भूमिबाट शान्ति र सहकार्यको सन्देश फैलाउने गरी काम गर्नुपर्ने बताए । मन्त्री पाण्डेले लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्ने बताउँदै यसका लागि लुम्बिनी विकास कोषसँगै समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा विहारहरूका बिच एकता आवश्यक रहेको बताए । उनले परिषद् बैठकका सन्दर्भमा स्थानीयहरूका माग र गुनासाहरूको समेत सुनुवाइ गरेको बताउँदै अब सबै पक्ष मिलेर पृथ्वीको एउटा कुनाबाट बुद्धको सन्देश फैलाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण