रुस : २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता
शनिबार, १५ भदौ २०८१, २१ : ०३
मस्को । रुसको पूर्वी क्षेत्रमा पर्ने कामचाट्का प्रायद्वीपमा २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता भएको छ । यो हेलिकप्टरमा पर्यटक सवार रहेका थिए । यो प्राचीन वाचकाजेट्स ज्वालामुखीबाट उडेको केही समयपछि रडारबाट गायब भएको रुसी सञ्चारमाध्यमले जानकारी दिएका छन्। यो क्षेत्र यसको सुन्दर वन दृश्यहरूका लागी परिचित छ।
रुसी अधिकारीहरूले यस क्षेत्रमा बाक्लो कुहिरो र खराब मौसमले हेलिकप्टरको खोजीमा बाधा पुर्याएको बताएका छन् । रुसको सुदूर पूर्वी क्षेत्रमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् । यहाँ जनसङ्ख्या कम छ र मौसम पनि खराब रहन्छ।
तीन वर्षअघि खराब मौसमका कारण कामचट्कामा हेलिकप्टर दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण