नीतिगत स्थिरतामा सरकारको ध्यान छ : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीतिगत स्थिरतामा वर्तमान सरकारको ध्यान रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता हुँदा अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने बताएका हुन् ।
‘कानुनी तथा नीतिगत रुपमा स्थिर हुँदा लगानीकर्तालाई सहज हुन्छ । व्यापार, व्यवसाय, उद्योग फस्टाउँछ,’ पौडेलले भने, ‘त्यसकारण हामी निश्चित अवधिमा नीतिगत फेरबदल गर्ने परिपाटी बनाउँछौं ।’ पौडेलले वर्तमान सरकार निजी क्षेत्र, बाह्य लगानी सबैलाई समेटेर अगाडि बढ्ने पक्षमा रहेको भन्दै भइरहेका नीतिगत परिपर्वतनमा सबैको साथ र सहयोग लिने प्रतिबद्धता जनाए । पौडेलले सम्बन्धित समितिमा सरोकारवालाई बोलाएरै छलफल गरिने बताएका छन् ।
उनले सरकार सरोकारवाला निकायको गुनासो सुन्न मात्रै होइन समस्या समाधान गर्न तयार रहेको बताए । अर्थमन्त्री पौडेलले भने, ‘यो सरकार तपाईंहरूको गुनासो र जिज्ञाशा सुन्न मात्रै होइन समाधान गर्न पनि तत्पर छ । त्यो अनुसारको सुझाव पनि दिनुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण