नीतिगत स्थिरतामा सरकारको ध्यान छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीतिगत स्थिरतामा वर्तमान सरकारको ध्यान रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता हुँदा अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने बताएका हुन् ।
‘कानुनी तथा नीतिगत रुपमा स्थिर हुँदा लगानीकर्तालाई सहज हुन्छ । व्यापार, व्यवसाय, उद्योग फस्टाउँछ,’ पौडेलले भने, ‘त्यसकारण हामी निश्चित अवधिमा नीतिगत फेरबदल गर्ने परिपाटी बनाउँछौं ।’ पौडेलले वर्तमान सरकार निजी क्षेत्र, बाह्य लगानी सबैलाई समेटेर अगाडि बढ्ने पक्षमा रहेको भन्दै भइरहेका नीतिगत परिपर्वतनमा सबैको साथ र सहयोग लिने प्रतिबद्धता जनाए । पौडेलले सम्बन्धित समितिमा सरोकारवालाई बोलाएरै छलफल गरिने बताएका छन् ।
उनले सरकार सरोकारवाला निकायको गुनासो सुन्न मात्रै होइन समस्या समाधान गर्न तयार रहेको बताए । अर्थमन्त्री पौडेलले भने, ‘यो सरकार तपाईंहरूको गुनासो र जिज्ञाशा सुन्न मात्रै होइन समाधान गर्न पनि तत्पर छ । त्यो अनुसारको सुझाव पनि दिनुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कविता राई गाउँलेको कविता सङ्ग्रह ‘फाटकको घाम’ सार्वजनिक
-
चितवनमा टिप्पर दुर्घटना, घाइते चालककाे उद्धार
-
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने
-
गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा
-
अपडेट : राजावादी प्रदर्शनमा सहभागी थप एक जना पक्राउ
-
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ