‘घरज्वाइँ’ ले मनायो प्रदर्शनको ५१ औँ दिन
काठमाडौंँ । फिल्म ‘घरज्वाइँ’ ले प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । फिल्मले शनिबारबाट देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीनवटा हल, गोंगबुस्थित बिएसआर मुभिज, सामाखुसीमा रहेको क्यूएफएक्स चेनको सिटी स्क्वायर हल र नेपालगन्जस्थित सिने रोयल हलमा ५१ औं दिन पार गरेको हो ।
निर्माण युनिटले शनिबार साँझ एक कार्यक्रम आयोजना गर्दै ५१ औँ दिनमा केक समेत काटेको छ । कार्यक्रममा फिल्मका मुख्य कलाकार दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायत फिल्म युनिट र रंग पत्रकारको सहभागिता थियो ।
गत असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ । फिल्मले ५१ औं दिनसम्म ६ करोडको व्यापार गरेको कार्यक्रममा निर्माण युनिटले जानकारी गराएको छ ।
फिल्म २ करोडको लागतमा निर्माण भएको हो । मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित फिल्मलाई अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण