कांग्रेस केन्द्रीय समिति बैठक अघि सानेपामा पदाधिकारी बैठक
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अघि पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी प्रमुख सचेतक श्याम घिमिरेका अनुसार केन्द्रीय समिति बैठक अघि पदाधिकारी बसेर छलफल गर्न लागेका हुन् ।
सत्ता साझेदार दल कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे बस्दै छ । त्यसअघि पदाधिकारी बसेर बैठकमा लेखिने निर्णयका बारेमा छलफल हुनेछ । ‘कतिपय विषयमा भाषा मिलाउने गरी बैठक बस्न लागेको हो‚’ उनले भने ।
कांग्रेसमा साउन २३ देखि केन्द्रीय समिति बैठक बसिरहेको छ । महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुटेपछि २८ गते सम्म बसेर बैठक स्थगन भएको थियो । त्यसपश्चात् भदौ ७ गते बसेको बैठकमा पनि निर्णय हुन सकेको थिएन । भदौ १२ गतेका लागि बोलाइएको बैठक भने प्रतिवेदनमा सहमति जुट्न नसकेपछि १६ गते सम्मका लागि स्थगन गरिएको थियो ।
महामन्त्री गगन थापाले ल्याएको चुनाव अघि गठबन्धन गर्न नहुने अवधारणा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसीमा बैठकमा सहमति जुट्न सकेको छैन ।
शनिवार बसेको पदाधिकारी बैठकमा यी विषयमा सैद्धान्तिक सहमति जुटेपनी कस्तो भाषा प्रयोग गरेर निर्णय लेख्ने भनेर केन्द्रीय समिति बैठक सुरु हुनु अगावै पदाधिकारी बैठक बस्न लागेको हो । बैठक १ बजे सानेपामा बस्ने घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण