माओवादीको सर्कुलर : जनार्दनले स्पष्ट पारिसके, पार्टी एकताबद्ध छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी एकताबद्ध रहेको र रहिरहने बताएको छ । पार्टी विभाजनतर्फ अघि बढेको टिकाटिप्पणी चलिरहने पनि हालै सम्पन्न स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले सबै कुरा स्पष्ट पारिसकेकाले त्यस्तो कुनै सम्भावना नरहेको माओवादीले दाबी गरेको छ ।
स्थायी कमिटी बैठकपछि मातहतका कमिटीलाई पठाएको सर्कुलरलाई फेरि अध्यावधिक गर्दै माओवादीले भनेको छ, ‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी बिभाजन हुँदैछ भनि जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव क.जनार्दन शर्मा प्रभाकर’ ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो । साथै हाम्रो पार्टी एकतावद्ध रहेको र रहिरहने बिश्वास ब्यक्त गर्दै अध्यक्षले बैठकको समापन गर्नुभयो ।’
स्थायी कमिटी बैठकमा शर्माले अध्यक्षकै वरिपरिका मान्छेले फार्टी फुटाउन लागेको भनेर गलत हल्ला चलाएको लिखित प्रस्तावमार्फत नै गरेका थिए । उनले आफू पार्टी फुटको पक्षमा नरहेको बरु पार्टी बनाउन भन्दै नेतृत्वको विकल्पको प्रस्ताव अघि सारेका थिए ।
तर सर्कुलरमा माओवादीले पार्टी निर्माणको लागि नीजि स्वार्थ केन्द्रीत गुट, उप–गुटजन्य प्रवृत्तिहरूलाई रहेको स्वीकार गर्दै त्यसलाई निरूत्साहीत गर्दै पार्टीलाई नयाँ उचाईमा एकताबद्द गर्दै लैजानुपर्नेमा जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण