बाढी आएको बागमतीमा २० वर्षीय युवती हामफाल्दा बेपत्ता
आइतबार, १६ भदौ २०८१, २० : २६
काठमाडौँ । ललितपुरको च्यासल नजिकैको दोभान पुलबाट एक युवती बागमती नदीमा हामफालेकी छन् । आइतबार साँझ रुकुम पश्चिमको मुसीकोट घर भएकी २० वर्षीय अञ्जली शर्मा नदीमा हामफालेकी हुन् ।
वर्षापछि बाढीले उर्लिएको नदीमा हामफालेसँगै उनी बेपत्ता भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए । उनले बेपत्ता शर्माको खोजी कार्य चलिरहेको जानकारी दिए ।
उनका अनुसार पुलभन्दा ठीक मुनी एउटा ‘सुसाइड नोट’ र झोला फेला परेको छ । उक्त नोट युवतीकै हो या होइनन भन्नेबारे पुष्टि भइनसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण