कांग्रेस बैठक : एक्जीट पोलीसीमा संविधान संशोधनका बेला निर्णय‚ रूखमा मत हलाउने सुनिश्चितता
काठमाडौँ । नेपाली कांग्रेसको साउन २३ गतेदेखि जारी केन्द्रीय समिति बैठक आज (आइतबार) सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गरेको छ । विवादमा रहेका एक्जीट पोलीसी र निर्वाचन अघि गठबन्धनको विषयमा पनि बैठकले निर्णय गरेको छ ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ दुई पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको पोलीसी अर्थात् एक्जीट पोलीसीलाई अहिले यथावत् राख्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारी अनुसार यो विषयमा संविधान संशोधनको समयमा निर्णय हुनेछ ।
‘एक्जीट पोलिसीबारे अहिले नै निर्णय गरेर जानुपर्ने अवस्था केन्द्रीय समितिले देखेन । यसबारे विधान र संविधान संशोधनका बेला बहस हुनेछ‚’ उनले भने ।
यस्तै बैठकले अर्का महामन्त्री गगन थापाले ल्याएको प्रि इलेक्सन अलाइन्सको बारेमा पनि निर्णय गरेको छ । पार्टीले कांग्रेसलाई रूखमै भोट हाल्ने वातावरण बनाउने निर्णय गरेको छ । पार्टीले विगतमा विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसँग निर्वाचन पूर्वगठबन्धन गरेर निर्वाचन लडे तापनि पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै सो निर्णय गरेको जनाएको छ ।
‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह 'रुख' मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ‚’ निर्णयमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण