घरेलु मैदानमा युनाइटेडको लज्जास्पद हार
ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा चिर प्रतिद्वन्द्वी लिभरपुलसँग लज्जास्पद हार बेहोरेको छ । आइतबार राति भएको खेलमा युनाइटेड ०–३ गोलले पराजित हुन पुग्यो ।
उता, लिभरपुलले भने नयाँ म्यानेजर आर्ने स्लटको नेतृत्वमा प्रिमियर लिगको नयाँ सिजनमा शत प्रतिशत रेकर्ड कायम राखेको छ । टोलीले तीन खेलमा कुनै पनि गोल नखाई सबै खेल जित्न सफल भएको छ ।
उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलले खेलको सुरुवातमा नै ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको गोलमा अग्रता लिएको थियो । तर, उक्त गोल अफसाइड करार गर्दै रद्द गरियो । यद्यपि, लुइज डियाजले छोटो अन्तरालमा दुई गोल गर्दै पहिलो हाफमा टोलीलाई २–० को अग्रता दिलाए । डियाजका लागि दुवै गोलको अवसर मोहम्मद शालाहले प्रदान गरेका थिए ।
दुवै गोलमा ब्राजिलियिन मिडफिल्डर कासेमिरोको गल्ती देखिएको थियो । उनलाई त्यसपछि खेलमा सब्सिटिट्युट गरियो । दोस्रो हाफमा शालाहले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे । युनाइेडविरुद्ध १५ खेलमा उनको यो १२ औँ गोल थियो ।
३ खेलबाट ९ अङ्कसहित लिभरपुल लिगको दोस्रो स्थानमा छ । मात्र ३ अङ्क बटुलेको युनाइटेड १४ औँ स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण