पारा ओलम्पिकमा पदक जितेर सात महिनाकी गर्भवती खेलाडीले रचिन् इतिहास
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिक खेलकुद प्रतियोगितामा एउटा गजबको घटना भएको छ । प्रतियोगितामा एक सात महिनाकी गर्भवती खेलाडीले पदक जितेर जितेर इतिहास रचेकी छन् ।
बेलायती खेलाडी जोडी ग्रिनहमले महिला आर्चरीमा कांस्य पदक जितिन् । उनी अहिले सात महिनाको गर्भवती छिन् । पेरिस ओलम्पिकमा पदक जितेपछि यतिबेला उनी सर्वत्र चर्चाको विषय बनेकी छन् । सामाजिक सञ्जानमा पनि उनको व्यापक चर्चा भइरहेको छ ।
३१ वर्षीय जोडीले आर्चरीको महिला एकल कम्पाउन्ड स्पर्धामा कांस्य पदक चुमेकी हुन् । कांस्य पदकका लागि भएको भिडन्तमा उनको प्रतिस्पर्धी पनि बेलायती खेलाडी नै थिइन् । जोडीले बेलायती खेलाडी फोएब पिटर्सन पाइनलाई १४२–१४१ स्कोरले हराउँदै पदक हात पारिन् ।
पारा ओलम्पिकको अघिल्लो संस्करणमा फोएब पिटर्सन पाइनले स्वर्ण पदक जितेकी थिइन् । जोडी पारा ओलम्पिक खेलकुदको इतिहासमै पदक जित्ने पहिलो गर्भवती खेलाडी पनि बनेकी छन् । जोडीको बायाँ हातमा समस्या छ ।
त्यसैले खेलका क्रममा उनी दायाँ हातले मात्र निशाना साँध्ने गर्छिन् । उनी आर्चरीको मिक्स्ड टिम कम्पाउन्ड स्पर्धाको क्वार्टरफाइनलमा पनि पुगेकी छन् । त्यो स्पर्धाको क्वार्टरफाइनल खेल हुन भने बाँकी छ ।
‘यो म एक्लैले जितेको पदक होइन । मेरो पेटमा रहेको बच्चाको पनि यसमा योगदान छ । त्यसैले यो पदकले मेरो जीवनमा निकै ठुलो अर्थ राख्छ । नढाँटी भन्नु पर्दा, मैले यो पदकको आशा भने गरेकी थिइन,’ कांस्य जितेपछि जोडीले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण