देशमा बेरोजगारी बढ्नुमा कांग्रेस र कम्युनिस्टको हात छ : अध्यक्ष यादव
वीरगन्ज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको हात रहेको आरोप लगाएका छन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरूकै कारण भएको बताए । उनले युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । उनले मधेस आन्दोलनको परिणामले नै नेपाल सङ्घीय गणतन्त्र भएको दाबी गरे ।
उनले भने, ‘गरिबी र बेरोजगारी यति बढेको छ कि आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरूलाई रोजगारीको लागि कुनै स्थान छैन । मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरू बाहिर गइरहेका छन्, कामको खोजीमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन् । केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजीमा बाहिरिएका छन् ।’
उनले थप भने, ‘गाउँमा युवाहरू भेटिँदैनन् । यस्तो नाजुक स्थिति छ । यो स्थिति बनाउने सरकार चलाउने, देशको अर्थतन्त्र चलाउनेहरू नै हुन् । नेपाली कांग्रेस र कम्युनिस्टहरू नै यसका जिम्मेवार हुन् । मधेस आन्दोलनको परिणामले नै नेपाल सङ्घीय गणतन्त्र भएको हो ।’
अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्टका धेरै नेताहरू भ्रष्टाचारमा जोडिएको आरोप लगाए । उनले कांग्रेस र कम्युनिस्ट शासनले भ्रष्टाचारलाई बढवा दिएको समेत बताए । भ्रष्टाचार नै कांग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण