त्रिभुवन विश्वविद्यालयका ८ वटा संकायका डीनका लागि आवेदन माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ वटा संकायका डीनका लागि आवेदन माग गरेको छ । त्रिवि सभा तथा कार्यकारी परिषद् छनौट समितिले विभिन्न संकायको डीनका लागि आवेदन माग गरेको हो ।
अध्ययन संस्थान तथा संकायका डीनसँगै शिक्षा तथा विकास अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक तथा योजना निर्देशनालयको निर्देशक पदका लागि समेत आवेदन माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम १७५ (२) र त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ अनुसार आवेदन माग गरिएको हो ।
आजदेखि सातभित्रमा आवश्यक कागजातसहित आशयपत्र पठाउन भनेको हो । चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, कृषि र पशुविज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनका लागि आवेदन माग गरेको हो ।
त्यस्तै व्यवस्थापन सङ्काय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, शिक्षा शास्त्र संकायको डीनका लागि समेत आवेदन माग गरेको हो । त्यस्तै शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक र योजना निर्देशनालयको निर्देशकका लागि समेत आवेदन माग गरेको हो ।
यसका लागि कुनै पनि राजनीति दलसँग आबद्ध नरहेको स्वघोषणा गर्नुपर्ने त्रिविको कानुनी व्यवस्था छ । सोही आधारमा स्वघोषणा गरेको कागजपत्र पेश गर्नुपर्ने र पछि दलका सदस्य रहेको पाइएमा कारबाही गरिने त्रिविले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण