त्रिभुवन विश्वविद्यालयले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसको क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय क्याम्पस प्रमुख छनौट समितिले एक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।
काठमाडौँ उपत्यकाका तीन क्याम्पससहित देशभरका ११ वटा आङ्गिक क्याम्पसको प्रमुख नियुक्तिका लागि आवेदन माग गरेको हो । जसमा उपत्यकाका रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन संयुक्त क्याम्पससँगै सिराहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, जनकपुरको रामस्वरुप रामसागर क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, सुर्खेतको सुर्खेत क्याम्पस (शिक्षा), जुम्लाको जुम्ला क्याम्पस र डोटीको डोटी बहुमुखी क्याम्पसको प्रमुख नियुक्तिका लागि आवेदन माग गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० (२०८०।३।१२ सम्मको संशोधन सहित) को परिच्छेद ५२ को नियम १८५ (२) साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ बमोजिम रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन माग गरेको हो ।
योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र विनियम ३९ (२) मा व्यवस्था भएबमोजिम आवश्यक कागजात तथा आशयपत्र समेत समावेश गरेर आवेदन दिन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण