त्रिभुवन विश्वविद्यालयमा ६ जना सह-परीक्षा नियन्त्रकका लागि आवेदन माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सह–परीक्षा नियन्त्रकका लागि आवेदन माग गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खु र यसअन्तर्गत रहेका क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूमा ६ जना सह–परीक्षा नियन्त्रकका लागि आवेदन माग गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लागि २ जना, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरू विराटनगर, पोखरा, नेपालगञ्ज र मधेश प्रदेशमा ११ जना गरी ६ जनाका लागि आवेदन माग गरेको हो । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सहपरिक्षा नियन्त्रक छनौट समितिले एक सूचजा जारी गर्दै सात दिनभित्रमा आवेदन दिन भनेको हो ।
परीक्षा नियन्त्रण कार्यालय सम्बन्धी विनियम २०७३ परिच्छेद २ को ३ (२) साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद १६ मा उल्लेख भए बमोजिम सह परीक्षा नियन्त्रक पदमा योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको हो ।
आवेदन दिँदा विनियमको ३२ को (२) मा उल्लेखित आवश्यक कागजातका साथै आशयपत्र समेत पेश गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण