अध्यक्ष लिङ्देनले दिए पारा ओलम्पिकमा पदक जित्ने पलेसालाई बधाई
सोमबार, १७ भदौ २०८१, १९ : १५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ग्देनले फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिक अन्तर्गत तेक्वान्दोमा ऐतिहासिक पदक जित्ने पलेसा गोवर्धनलाई बधाई दिएका छन् । अध्यक्ष लिङ्देनले सोमबार एक विज्ञप्ति जारी गर्दै पलेसालाई बधाई दिएका हुन् ।
अध्यक्ष लिङ्देनले सीमित श्रोत साधन र आवश्यक प्रशिक्षणका बाबजुद पलेसाले प्राप्त गरेको कास्य पदक सहितको सफलताले प्रसन्न तुल्याएको बताएका छन् । नेपाली खेलकुद इतिहासमा कुनै पनि ओलम्पिक्समा आधिकारिक पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी पलेसाको सफलता अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता भएको बताउँदै अध्यक्ष लिङदेनले उक्त पदक राष्ट्रिय गौरवको विषय भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण