दसैँ अगाडि पाउलान् किसानले बक्यौता रकम ?
काठमाडौँ । किसानले लामो समयदेखि दूध, बीमा र उखुको रकम भुक्तानी पाउन सकेका छैनन् । देशभरका किसानले उखु, बीमा र दूधको गरेर ३ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ पाउन बाँकी छ ।
सरकारी तथ्याङ्क अनुसार उखु किसानलाई गत वर्षको १ अर्ब ३० करोड भुक्तानी गर्न बाँकी छ । यस्तै, डीडीसीको १ अर्ब २७ करोड ४३ लाख रुपैयाँ र बीमा प्रिमियम रकम अनुदान बापतको १ अर्ब रकम बाँकी छ ।
भदौ ९ गते कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दसैँ अगावै किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अनुसार किसानले दसैँ मनाउने गरी रकम दिने तयारी भइरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले दसैँ अगावै उखु किसानलाई रकम भुक्तानी गर्ने गरी कागजी प्रक्रिया पूरा भइसकेको बताए । ‘उखुका किसानलाई रकम छिटै भुक्तानी हुन्छ, भदौभित्र नै हाम्रोबाट जान्छ होला,’ उनले भने, ‘कृषि विभागबाट कुन जिल्लालाई कति रकम पठाउने जिल्लाबाट आएको रेकर्डको आधारमा हामी काम गर्दैछौँ, जेहोस दसैँ अगाडि उखुको रकम भुक्तानी हुन्छ ।’
दुग्ध विकास संस्थान (डीडीसी)ले दूध किसानलाई लामो समयदेखि भुक्तानी गर्न सकेको छैन । डीडीसीले मात्रै १ अर्ब २७ करोड ४३ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको सरकारी तथ्याङ्क छ । सो रकम पनि भुक्तानी गर्नका लागि कृषि मन्त्रालयले ६० करोड रुपैयाँ डीडीसीको लागि माग गरेको मन्त्रालयका प्रवक्ता केसीले बताए ।
डा. केसीले कृषि बीमाभन्दा उखु किसानलाई रकम भुक्तानी पहिले हुने सम्भावना रहेको बताए । उनका अनुसार उखुको रकम भदौभित्र भुक्तानी हुने बीमाको लागि असोजसम्म समय लाग्न सक्छ ।
‘बीमा भन्दा उखुको रकम छिटो जानुपर्ने हो । उखुको रकम भुक्तानी गर्न सबै सेट भइसकेको छ,’ उनले भने, ‘बीमाको प्रिमियम सरकारले कति भुक्तानी गर्ने हो भनेर यो वर्षको बजेटमा उल्लेख नगरिएकाले असोजसम्म समय लाग्न सक्छ ।’
दुग्ध विकास संस्थान (डीडीसी)ले दूध किसानलाई लामो समयदेखि भुक्तानी गर्न सकेको छैन । डीडीसीले मात्रै १ अर्ब २७ करोड ४३ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको सरकारी तथ्याङ्क छ । सो रकम पनि भुक्तानी गर्नका लागि कृषि मन्त्रालयले ६० करोड रुपैयाँ डीडीसीको लागि माग गरेको मन्त्रालयका प्रवक्ता केसीले बताए ।
सोमबार मात्रै अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्ने अर्थले जनाएको छ ।
डीडीसीबाट दुग्ध किसानले पाउनु पर्ने बक्यौता रकम उपलब्ध गराउन सुरु पनि भएको छ । भदौ ८ सम्म ३३ करोड ५७ लाख भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ । यसअघि पनि सरकारले डीडीसीलाई ३० करोड रुपैयाँ उपलब्ध गराएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रीको सचिवालयका अनुसार बाँकी रकम किसानले दसैँ अगाडि नै पाउने छन् ।
निजी क्षेत्रले भने किसानलाई दूधको रकम भुक्तानी गर्न बाँकी नहरेको दाबी गरेका छन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले आफूहरू किसानको रकम भुक्तानी गर्न बाँकी नरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण