भारतीय भलिबल टिमकी कप्तान जिनी कोभातले मधेस युनाइटेडबाट खेल्ने
काठमाडौँ । मधेस युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग(ईडब्लुभिएल)का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा भारतीय टोलीकी कप्तान एवं सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ ।
यो सँगै मधेस युनाइटेडले ईडब्लुभिएलका तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । मधेस तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ ।
मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभायभ जेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो ।
आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा हुने ईडब्लुभिएलका लागि मधेस युनाइटेड व्यग्र प्रतीक्षामा छ । विदेशी खेलाडी र नेपाली खेलाडीको मिश्रणपछि सन्तुलित टिम बनेको मधेस टिमले केही समयअघि काठमाडौँमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन् ।
जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।
जिनीको अनुबन्धपछि मधेस युनाईटेडमा खेलाडी संख्या ११ पुगेको छ । नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेस युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र ३ विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण