राष्ट्रिय टोलीबाट अन्तिम खेल खेल्दै प्रभावशाली स्ट्राइकर लुइस स्वारेज
काठमाडौँ । उरुग्वेका प्रभावशाली स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । ३७ वर्षीय यी प्रभावशाली स्ट्राइकरले आफ्नो व्यावसायिक खेलजीवनलाई भने अझ केही समय निरन्तरता दिने भएका छन् ।
उनी हाल समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक लियोनल मेस्सीसँगै अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । उनले आगामी शुक्रबार उरुग्वेको राष्ट्रिय टोलीबाट अन्तिम खेल खेल्ने बताएका छन् ।
उरुग्वेले विश्वकप छनोट खेलमा शुक्रबार पाराग्वेसँग भिडन्त गर्दैछ । उक्त खेल स्टाडियो सेन्टेनारियो स्टेडियममा खेलिने छ । त्यो उरुग्वेको घरेलु मैदान हो । स्वारेज उरुग्वेका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
स्वारेजले हालसम्म उरुग्वेको राष्ट्रिय टोलीबाट एक सय ४२ खेल खेल्दै ६९ गोल गरिसकेका छन् । उनले सन् २००७ को फेब्रुअरी ८ तारिखमा उरुग्वेको राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । कोलम्बियाविरुद्धको उक्त खेलमा उरुग्वे ३–१ गोलले विजयी भएको थियो ।
स्वारेजले सन् २०१० को विश्वकपमा उरुग्वेका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले त्यो विश्वकपको समूहगत चरणमा मेक्सिकोविरुद्ध गोल गरेपछि उरुग्वे समूह विजेता बनेर प्रतियोगिताको नकआउट चरणमा पुगेको थियो ।
त्यो विश्वकपको प्रि–क्वार्टरफाइनलमा उनले दुई गोल गरेपछि उरुग्वेले बलियो दक्षिण कोरियालाई २–१ ले हराएको थियो । उनले खेलका क्रममा आफ्नो विभिन्न चर्तिकलाका कारण बेलाबेलामा विवादमा पर्ने गरेका थिए ।
स्वारेजले स्पेनिस क्लब बार्सिलोना, इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल, डच क्लब आयाक्स, स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट पनि व्यावसायिक फुटबल खेलिसकेका छन् । उनी सन् २०२४ मा इन्टर मियामीमा आबद्ध भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण