फ्रान्स र स्पेनका विभिन्न स्थानमा नेपाली कल्चर प्रदर्शन
काठमाडौँ । सांस्कृतिक आदान–प्रदान गर्दै नेपाललाई विश्वसामु परिचित गराउँदै आइरहेको ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ले फ्रान्सको क्यासत्रेस, सैन्त गिरोन्स, सैन्त जुलिएन, विक सुर केरे, डक्स लगायतका सहरहरूमा र स्पेनको लेस प्रेसेस र बार्सिलोनामा नेपालको कला संस्कृति प्रस्तुत गरेर नेपाल फर्किएको छ ।
यी विभिन्न ठाउँमा आयोजित ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’मा ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ले नेपालको तर्फबाट विभिन्न प्रस्तुति दिएको हो ।
विश्वका ४५ विभिन्न देशका २००० भन्दा बढी कलाकारको सहभागिता रहेको मेला फ्रान्सका विभिन्न सहरहरूमा अगस्ट ३ तारिक देखी १८ तारिक सम्ममा र स्पेनमा अगस्ट १९ तारिकदेखि अगस्ट ३१ तारिकसम्म चलेको थियो ।
एभरेस्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी. कोइराला ‘रामचन्द्र’ को नेतृत्व तथा निर्देशक शीतल आचार्य ‘सिता’को निर्देशनमा गएको टोलीमा नृत्य निर्देशन जोगेन्द्र केसीले गरेका थिए । मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, सतार, धिमाल, शेब्रु, काल भैरव, बज्रपानी, लाखे, यती, सोरठीलगायतका दर्जनौँ नृत्यहरू प्रदर्शन गरियो ।
मेलामा कल्चर ग्रुपका प्रमुख आरसी सहित शीतल आचार्य जोगेन्द्र केसी, वरिष्ठ वाध्यबादक धनेस्वोर तिवारी, वरिष्ठ गायक राम प्रसाद पाण्डे, सपना महर्जन, उत्तम शर्मा, प्रमिला रिजाल, सुदन मान मुनिकार, कृष्ण रसाल, चूडामणि फुयाँल, शर्मिला तामाङ, चाहना राना मगर, अनिशा श्रेष्ठ, रमेश प्रसाद पौडेल डिपि कोइराला लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण