सांसद झाले सोधे– मन्त्रीले जिब्रो थुतिदिन्छु भन्छन् भने कहाँको वाक स्वतन्त्रता ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारका प्रवक्ता समेत रहेका मन्त्रीले प्रहरी संगठनका प्रमुखले बोल्दा जिब्रो थुतिदिन्छु भन्दा कहाँको वाक स्वतन्त्रता हुन्छ भनी प्रश्न गरे । उनले लोकतन्त्रको पाँचवटा आधारभूत सिद्धान्तमध्ये पहिलो फ्रिडम अफ एक्सप्रेसन भएको उल्लेख गरे ।
‘प्रहरी संगठनका प्रमुखले संगठनिक चुनौती अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता र मन्त्रीले जिब्रो थुतिदिन्छु भनेर भन्छन् भने कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र हो ?,’ उनको प्रश्न थियो ।
सांसद झाले एमालेका अग्रज नेताले रास्वपालाई सभ्यता सिकाउनुभन्दा पहिले आफ्ना मन्त्रीलाई सभ्यता सिकाउन सुझाव दिए ।
‘हामीले त्यही दलका पाको अग्रजहरूले सभ्यता सिकाउनुहुन्छ भने अनुरोध छ । आफ्नै मन्त्रिपरिषद्को मन्त्रीलाई पहिला सिकाउनुस्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण