सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर भएन : सांसद गौतम
मङ्गलबार, १८ भदौ २०८१, १६ : ०६
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद गौतमले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरूका बारेमा सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफूलाई समय नदिएको भन्दै समय मिलाएर बोलाए छलफल गर्ने बताए । उनले जनता रोइरहेको, बरबादी भएको कुरा सरकारले नसुनेको बताए ।
उनले भने, ‘सरकारले सुनेन, सरकार बहिरो भएको छ । कान थुनेर बसेको छ । जनता रोइरहेको उसलाई मतलब छैन । जनता बरबाद भइरहेको उसलाई मतलब छैन । सरकारले ध्यान दिएर काम गर्नुपर्छ ।’
सांसद गौतमले सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल थाल्न सरकारसँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण