१७ वर्षकी किशोरी सपिङ सेन्टरबाट हामफालिन्, हिँड्दै गरेकी अर्की महिलाको पनि मृत्यु
टोकियो । जापानको योकोहामा शहरमा एक जना किशोरी हाम फालेर आत्महत्या गर्न खोज्दा हिँड्दै गरेकी अर्की महिलाको पनि मृत्यु भएको छ । यो घटना शनिबारको भएको भन्दै बीबीसीले समाचार छापेको छ ।
सहरको एक सपिङ सेन्टरबाट हामफाल्दा १७ वर्षकी किशोरीको मृत्यु भयो भने यस क्रममा ३२ वर्षकी पैदलयात्रीलाई लागेर उनको पनि मृत्यु भएको बताइएको छ ।
महिला त्यहाँ आफ्नो साथीहरूसँग आएकी थिइन् । किशोरी र महिलालाई घटनालगत्तै साँझ ६ बजेतिर अस्पताल लगिएको थियो । अस्पताल लगेको एक घण्टापछि किशोरीको मृत्यु भएको थियो । त्यसको केही बेरमा महिलाको पनि मृत्यु भएको बताइएको छ । किशोरीले आफ्नो ज्यान किन लिइन् भन्ने स्पष्ट हुन सकेको छैन । जापानमा सेप्टेम्बर १ मा नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।
यसै दिनमा १८ वर्ष मुनिका किशोर किशोरीहरूको आत्महत्याको क्रम बढेको पछिल्ला केही वर्षयताको सरकारी तथ्याङ्कले देखाएको छ । गएको वर्ष जापानमा ५१३ बालबालिकाले आफ्नो ज्यान लिएका थिए । अधिकांशले आत्महत्याको कारण विद्यालयको समस्या उद्धृत गरेको पाइएको छ । सन् २०२० मा ओसाकाको व्यस्त क्षेत्रमा १७ वर्षका किशोरले सपिङ सेन्टरको छतबाट हामफल्ने क्रममा लाग्दा १९ वर्षकी अर्काी महिला विद्यार्थीको पनि मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण