बलात्कारको घटना न्यूनीकरणमा ‘देवी’ले बहस छेड्छ : अभिनेत्री शिल्पा
काठमाडौँ । अभिनेत्री शिल्पा मास्केले बलात्कारको घटना न्यूनीकरणमा बहस छेडोस् भनेर फिल्म ‘देवी’ निर्माण भएको बताएकी छन् । फिल्मको प्रदर्शनपछि यस विषयमा बहस चल्ने समेत उनको विश्वास छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा शिल्पाले फिल्म उत्कृष्ट बनेको र सबैले हेर्नुपर्ने धारणा समेत राखिन् । फिल्म शिल्पा पत्रकारको भूमिकामा देखिँदै छिन् । पत्रकारको भूमिका पहिलो पटक निर्वाह गरेकी शिल्पाले यो भूमिका निकै चुनौतीपूर्ण रहेको बताइन् ।
शिल्पा फिल्मको निर्माता पनि हुन् । भेटमा उनले फिल्मको स्कृप्ट हेरेर धेरै निर्माताले कमर्शियल नभएको भन्दै लगानी गर्न नमानेपछि आफू निर्माता बनेको बताइन् ।
‘व्यापारिक दृष्टिकोणले मैले यो फिल्ममा लगानी गरेकी होइन । त्यो हिसाबले त क्राइम–थ्रिलर फिल्ममा लगानी गर्न गाह्रो छ । तर, यतिबेला महिला केन्द्रित र कन्टेन्टमुखी फिल्म रुचाइन थालिएको छ । त्यसैले हामीले सामाजिक सन्देशका लागि फिल्म निर्माण गरौँ, मिहेनत गरेर राम्रो भए व्यापारिक रूपमा पनि सफल हुन्छ भन्ने हेतुले काम गरेका हौँ’, उनले भनिन् ।
तीजको अवसर पारेर भदौ २१ गते शुक्रबारदेखि प्रदर्शनमा आउने नारी प्रधान फिल्म ‘देवी’ संजोग राईले निर्देशन गरेका हुन् । बलात्कारको घटना र त्यसमा कानुनले पार्ने प्रभावको कथा उठाएको फिल्म क्राइम थ्रिलर जनरामा निर्माण भएको हो । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका हुन् ।
एक्जिबिट स्टुडियोको प्रस्तुति रहेको फिल्ममा बाँसुरी फिल्म्ससँगको सहकाय छ । नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्ममा शिल्पाको अलवा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।
रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण